काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत भारत ए ले नेपाललाई ३३३ रनको लक्ष्य दिएको छ ।
कतारको दोहामा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाउदै ३३२ रन बनाएको हो ।
भारत ए का लागि कुमार कुशर्गले ११७ र कप्तान तिलक बर्माले १०७ रनको शतकीय पारी खेलेका थिए ।
त्यस्तै नेपालका बलर कप्तान सन्दीप लामिछाने र ललित राजबंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ तथा पवन सराफले एक विकेट लिएका थिए ।
