काठमाडौं । पृथ्वीराजमार्गको घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । मुग्लिन–काठमाडौं सडक खण्डमा पर्ने घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवन शुक्रबार एक सूचना जारी गर्दै यात्रुको जानकारीका लागि यो सूचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि दैनिक सवारी आवागमन बन्द गरिनेछ ।
सडक माथिबाट निरन्तर ढुङ्गा–माटो खसेर पहिरोको उच्च जोखिम निम्त्याइरहेकाले उक्त जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउन सवारी रोक्न लागिएको सूचनामा उल्लेख छ ।