प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्न लागेका छन्।
सोमबार साँझ भारतीय विदेशमन्त्री जयशंकर प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि नयाँ दिल्लीस्थित होटल ताज महल पुगेका छन्। प्रधानमन्त्री शाह होटल ताज महलमै बसेका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री शाह नेपाल एयरलायन्सको जहाजमार्फत नयाँ दिल्ली पुगेका थिए। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नियमन्त्रणामा भारत भ्रमणमा गएका हुन्।