काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारमा जारी भेटवार्तामा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीबारे छलफल भइरहेको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सिलसिलामा नेपाल आएका विदेश सचिव मिस्रीले यसअघि परराष्ट्रमन्त्री, अर्थमन्त्री र ऊर्जा मन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए।
उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि द्विपक्षीय वार्ता गरेका छन्। नेपाल भ्रमण सम्पन्न गरी मिस्री आजै नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणको औपचारिक मिति अझै घोषणा भएको छैन। कूटनीतिक स्रोतहरूका अनुसार नोभेम्बर २३ देखि २५ (मंसिर ७–९) सम्म भ्रमण हुन सक्ने चर्चा भए पनि नेपाल र भारत दुवै सरकारले अन्तिम मिति सार्वजनिक गरिसकेका छैनन्।
