काठमाडौं । पाकिस्तान ए ले एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गतको खेलमा नेपाललाई १६९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान ए ले ४२ ओभरमा अल आउट हुदै १६९ रनको लक्ष्य दिएको हो ।
पाकिस्तान ए का लागि नोहैल नाजिरले अविजित ६४ रन बनाएका थिए भने हसन नवाजले २८ रन बनाए । त्यस्तै नेपालका बलर रशिद खानले ५ विकेट लिए भने अभिशेष गौतमले २ तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए ।