काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठसँग भेटवार्ता गरेकी छिन् ।
भेटका क्रममा मन्त्री चौधरीले टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता, उठाइएका मुद्दा तथा प्राप्त उपलब्धिबारे कार्यवाहक प्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराइन् ।
उनले सम्मेलनका क्रममा नेपालले प्राथमिकताका साथ उठाएका हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुलुकका साझा सवालबारे भएका छलफल तथा कूटनीतिक पहलका विषयमा समेत ब्रिफिङ गरिन् ।