काठमाण्डौँ — मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र बिछ्याउन बाँकी रहेको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ ।
बाधा अवरोध नभए भारत विहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत तीन महीनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउने परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौड्यालले बताए ।
पाइपलाइन निर्माण सम्पन्न भएपछि भारत विहारको राजधानी पटनाबाट प्रतिघण्टा २५० किलोलिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिनेछ ।
पहिलो चरणमा परीक्षणका रूपमा डिजेल आउने बताइएको छ ।
FACEBOOK COMMENTS