काठमाडौं, २९ माघ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पतालबाट मात्रै कोरोना भाइरस (कोभिड–१९) को उपचार सेवा दिने निर्णय गरेको छ । मन्त्रालयको स्वास्थ आपतकालीन तथा विपद् व्यवस्थापन इकाई केन्द्रले बुधबार यस्तो निर्णय गरेको हो ।
मन्त्रालयले यसअघि कोभिड अस्पताल तोकेका मेडिकल अस्पतालहरुमा आजदेखि कोभिडका बिरामी भर्ना नलिन निर्देशन दिएको छ । ती अस्पतालहरुलाई आजको मितिबाट १० दिन गन्ति गरेर शोधभर्नाबापतको रकम उपलब्ध गराउनेसमेत मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बढेपछि सरकारीका साथै निजी मेडिकल कलेजलाई पनि कोभिड अस्पताल तोकेको थियो ।
FACEBOOK COMMENTS