काठमाडौं,६ फागुन-प्रधानमन्त्री केपी शर्मा ओली विहीबार सर्वोच्च अदालत जाने भएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न ओली आज आफैं अदालतमा उपस्थित हुने भएका हुन् ।प्रम ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।
गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । सोही दिन चार पूर्व प्रधानन्यायधाीशहरु तथा पूर्व सभामुख दमनानाथ ढुंगानालाई पनि एकै प्रकृतिको आदेश भएकोमा उनीहरु अदालतमा हाजिर भएर जवाफ दिइसकेका छन् ।
बाटोको म्याद बाहेक एक साताभित्र उपस्थित हुन भने पनि अदालतले प्रधानमन्त्री निवासमा मंगलवारमात्र म्याद तामेल गरेको थियो ।
FACEBOOK COMMENTS