काठमाडौं,फागुन १८ – आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २ लाख २० हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा आएको छ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सो शेयर बैंकले लिलामी मार्फत बिक्री खुला गरेको हो ।
लिलामी संस्थापक शेयरमा न्यूनतम प्रतिकित्ता ४३४ रुपैयाँ वा सो मूल्यलाई आधार मानेर बोलकबोल गर्न सकिनेछ । । इच्छुक लगानीकर्ताले चैत २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्यूनतम १०० कित्तादेखि अधिकतम बिक्रीमा ल्याइएको सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट एक सय रुपैयाँ तिरेर बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सकिनेछ ।
यसरी आवेदन दिने व्यक्ति तथा संघ संस्थाले आवेदन फारमका साथ नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम, कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्वस्घोषणा पनि पेश गर्नुपर्ने उल्लेख छ ।
FACEBOOK COMMENTS