काठमाडौं,चैत ३ – ललितपुर महानगरपालिकाले आवास क्षेत्रभित्र विद्युतिय शवदाह गृह बनाउँन लागेको भन्दै स्थानिय बासिन्दाले आज महानगरपालिकाको कार्यालय घेराउ गरेर विरोध प्रदर्शन गरेका छन् । ललितपुरका स्थानिय बासिन्दाले मानववस्ती रहेको ठाँउमा शवदाह गृह बनाउँन नहुने भन्दैं विरोध जनाएका हुन् ।
स्थानियबासीले आवास क्षेत्र भित्र नयाँ शवदाह गृह विरोध सघर्ष समिती गठन गरी गुठीको रुपमा रहेको जग्गा स्थानियबासीको मन्जुरीबिना महानगरले एकलौटी रुपमा निर्णय गरी शवदाह निर्माण गर्न खोजेर हेपाह चरित्र देखाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बस्तीमा शवदाह गृह निर्माण गर्ने निर्णय वातावरणीय र सामाजिक जिवनका हिसाबले पनि गलत रहेको बताएका छन् । यसले बस्तीमा प्रदुषणका उत्पन्न गर्नुका साथै आवसिय क्षेत्रमा कोलाहल हुने र मानिस विस्तापित हुने अवस्था सृजना हुने भन्दै तत्काल निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
आवास क्षेत्र भित्र नयाँ शवदाह गृह विरोध सघर्ष समितीले आफुहरु प्रविधिको विरोधी नभएको तर शवदाह निर्माणका लागि तोकिएको ठाँउ गलत रहेको जनाएको छ । साथै समितीले पहिले नै त्यस ठाँउमा दुई वटा मसानघाट रहेकाले पुन बस्तीलाई नै असर गर्ने गरी विद्युतिय शवदाह गृह बनाउँन लागेकोले विरोध जनाएको बताएको छ ।
FACEBOOK COMMENTS