काठमाडौं – इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आइएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्न इच्छा देखाएको छ।
लगानी सम्मेलनको अवसरमा कर्पोरेशनका उपाध्यक्ष ह्यान्स पिटर ल्याकेजले आगामी चार वर्षमा नेपालमा लगानी गर्ने बताएका हुन् ।
‘आइएफसीले आगामी चार वर्षको लक्ष्य लिएर एक अर्ब लगानी गर्ने योजना बनाएको छ’, उनले भने, ‘हामी लगानीको लागि उपयुक्त बजार निर्माणका लागि आह्वान गर्न चाहन्छौं।’
पिटरले निजी क्षेत्रमा प्रतिस्पर्धात्मक खुबी आवश्यक रहेको उल्लेख गरे। साथै निजी क्षेत्र वैदेशिक पुँजी र विज्ञता भित्र्याउन तत्पर र प्रतिबद्ध रहनुपर्ने बताए।
FACEBOOK COMMENTS