काठमाडौं, चैत ४- बीमा कम्पनीको एक प्रतिशत भन्दा बढी संस्थापक शेयर हुने व्यक्ति कुनैपनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने भएका छन् ।
संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा अर्थमन्त्री अर्थमन्त्री युवराज खतिवडाले उक्त कुरा बताएका हुन् ।
बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री खतिवडाले एक प्रतिशत भन्दा बढी संस्थापक शेयर हुने व्यक्तिसँग वित्तीय स्वार्थ भएको हुनसक्ने भएकाले सिइओ बन्न अयोग्य मान्नुपर्ने बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले कुनै पनि व्यक्ति सीईओ बन्नको लागि दोस्रो बजारबाट खरिद गरेको साधारण सेयरसमेत खुलाउनुपर्ने जानाकारी दिए ।
सरकारले एक प्रतिशत भन्दा बढी सेयर भएका व्यक्तिले बीमकसँग वित्तीय स्वार्थ राखेको हुन सक्ने भन्दै त्यस्तो व्यक्तिलाई बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था गर्न लागेको बताए ।
त्यस्तै बैठकमा बिमा कम्पनीहरूलाई लघुबिमा कार्यक्रम अनिवार्य कार्यान्वयनमा लैजाने गरी विधेयकमै व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो ।
FACEBOOK COMMENTS