काठमाण्डौँ — एन आई सी एशिया बैंकले २६८ औं शाखा कार्यालय बिर्तामोड नगरपालिका ३ स्थित बिर्ताबजारमा संचालनमा ल्याएको छ ।
शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीले एक समारोहकाबीच उद्घाटन गरे ।
अहिले २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
FACEBOOK COMMENTS