काठमाडौं, पुस १२ – एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यको साथ एकै पटक तीन नयाँ स्थानमा शाखा रहित सेवा संचालनमा ल्याएको छ । बैंकले उदयपुरको रौतमाई गाउँपालिका–०६, चिसापानी, सप्तरीको तिरहुत गाउँपालिका–०४ डिमनमा, र तिलाठी कोइलाडी गाउँपालिका–८, टोपामा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
यी नयाँ शाखासहित बैंकको शाखा रहित सेवाको संख्या ३३ पुगेको छ ।
एनएमबि बैंकले १८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु, ३३ शाखा रहित सेवा, १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ४०० पोस मसिन र १०,००० भन्दा बढी क्यूआर कोड मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS