काठमाण्डौँ — एनएमबि बैंक लिमिटेडले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर दिने भएको छ ।
एनएमबि बैंकले आफ्नो २३ औँ वार्षिक साधारण सभा मार्फत यस्तो निर्णय गरेको हो ।
साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ९ अरब ६१ करोड ८१ लाख पुग्नेछ ।
हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS