काठमाडौं,कार्तिक २१ – छ महिनापछि एनएमबि बैंकको सेयर कारोबार खुल्ला गरेको छ ।
एनएमबी र ओम डेभलपमेन्ट बैंक मर्ज हुने संझौता भएपछि दुबै बैंकको कारोबार रोकिएको थियो । बैंकले एकीकृत कारोबार थालेको डेढ महिना पछि आज (कार्तिक २१ गते) देखि नेप्सेमा सेयर कारोबार खुल्ला भएको छ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि बैंकको १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा बैंकको १ करोड ९१ लाख १५ हजार ७ सय ९० दशमलव ५६ कित्ता शेयर सुचिकृत भएको हो ।
बैंक मर्जभएपछि ओम तर्फबाट आएको शेयर आज सुचिकृत भएको हो ।एनएमबी र ओम १०० बराबर ७६ अनुपात स्वाप रेसियोमा मर्ज गरेका हुन्। जसअनुसार ओमको १०० कित्ता शेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता सेयर पाएका छन् ।
मर्जमा जानु अगाडी एनएमबिको अन्तिम मूल्य ३८२ थियो भने ओमको १९७ थियो । मर्जर पश्चातको बैंकको चुक्तापुंजी ११ अर्ब ५३ करोड भएको छ ।
मर्जरपश्चात एनएमबी बैंकको कूल शाखा संख्या १६३, एटिएम १२८ र एक्स्टेन्सन काउण्टर ५ वटा पुगेको छ।
FACEBOOK COMMENTS