काठमाडौं,कार्तिक २१- सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांस घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५२ करोड ५८ लाख रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले गत वर्ष ४.०५ प्रतिशत नगद लाभांस दिएको थियो।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गर्ने बैंकले जनाएको छ ।
