काठमाडौं – ९ महिनामा एभरेष्ट बैंकले २ अर्ब बढी नाफा गरेको छ ।
बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकले उक्त अवधिमा २ अर्ब १ करोड ९१ लाख रुपैंया खुद मुनाफा कमाएको हो ।
पुस मसान्तसम्म १ अर्ब १५ करोड रुपैंया नाफामा सीमित बैंकले माघदेखि चैतमा मात्रै बैंकले ८६ करोड रुपैंया कमाएको थियो ।
बैंकले अघिल्लो त्रैमासमा कायम रहेको ७ अर्ब ५८ करोड रिजर्भको आकारलाई ८ अर्ब २३ करोड रुपैंया पुर्याएको हो ।
जसमध्ये २ अर्ब अवितरित नाफाको रुपमा रहेको छ ।
बैंकले कमाएको नाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी ३६.८१ रुपैंया हुन आउँछ ।
निक्षेप, कर्जा र पुँजीका आधारमा बैंकको सीसीडी अनुपात ७६.६९ प्रतिशत छ ।
FACEBOOK COMMENTS