काठमाडौं, माघ २० – नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले प्रिमियम एसयूभी ‘एचएस’ नेपाली बजारमा भित्राउन लागेको छ। कम्पनीले यसको बुकिङ समेत खुल्ला गरिसकेको छ।एचएसमा १.५ लिटर टर्बो इन्जिन दिइएको छ। जसले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएम पिक टर्क प्रदान गर्छ। यसमा ७ स्पीड डिसिटी गियरबक्स रहेको छ।
एचएसमा अगाडि ड्यूल र साइड कटन एयर ब्याग दिइएको छ। त्यस्तै लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफू अनुकुल बनाउन सकिने ड्राइभिङ सिट, चार तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट चिसोमा तातो बनाउन मिल्ने, आउट साइड रियर भ्यू मिरर जस्ता फिचर रहेका छन्।
साथै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ, जसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ।
यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको कम्पनीले जनाएको छ। कालो, सेतो र रातो कलरमा उपलब्ध यो गाडी अहिले बुकिङ गर्ने ग्राहकलाई आगामि मार्च दोस्रो सातासम्ममा डेलिभरी दिइने छ।
सुरुआती समयमा यो गाडी ७९ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ।
FACEBOOK COMMENTS