काठमाडौं, वैशाख १२ –नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०७८-७९ को बजेट एंव आर्थिक ऐनका लागि अर्थ मन्त्रालयलाई सुझाव पेश गरेको छ ।महासंघले मन्त्रालयलाई दिएको सुझावमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गर्न जोड दिएको छ । महासंघले विभिन्न विषयमा दिएको सुझावमा एमसीसी कार्यान्वयन गर्न समेत सुझाएको छ ।
यस्तै उर्जा खपत बढाउन इलेक्ट्रिक भेहिकल, चुलो लगायत इलेक्ट्रीक उपकरणको प्रयोग बढाउन भन्सार र अन्तशुल्क दर दुई वर्ष अघि कै कायम गर्न विशेष जोड दिएको छ । महासंघले मुलुकभित्र खपतको अवस्था र निर्यातको सम्भावनाका आधारमा विद्युत उत्पादन, प्रशारण र वितरण रणनीति बनाउनु पर्ने सुझाव रहेको छ ।यस्तै बंगलादेशमा विद्युत निर्यात सहज बनाउन भारत सहित त्रिपक्षीय संयन्त्र निर्माणमा पहल गर्न सरकारलाई सुझाव दिएको छ । महासंघले कोरोनाबाट सिर्जित समस्याका कारण हाल निर्माणधिन विद्युत आयोजनामा २०८० सम्मका लागि दिइएको सुविधा दुई वर्ष थप्न सुझाव दिएको छ ।
FACEBOOK COMMENTS