काठमाडौं, माघ १९- राजधानीको ठमेलमा रहेको एलओडी (लड अफ द ड्रिङ्स) ले यही फेब्रअरी १० अर्थात माघ २८ गते आफ्नो दोस्रो वार्षिकोत्सव मनाउने भएको छ ।
छोटो समयमै देशकै भव्य क्लब तथा लाउञ्जको रुपमा स्थापित एलओडी युवा–युवतीहरुको रोजाइको गन्तब्य बन्दै गैरहेको छ ।
एलओडीले आफ्नो दोस्रो वार्षिकोत्सवलाई भव्य बनाउन फेब्रुअरी १० का दिन एउटा विशेष समारोह आयोजना गर्दैछ ।
वार्षित्कोत्सवको समारोहलाई आकर्षक बनाउन लोकप्रिय गायक सुगम पोखरेलले एलओडीले प्रमुख आकर्षणको रुपमा प्रस्तुत गर्दैछ ।
कार्यक्रममा गायक पोखरेल तथा द बाजा गाजाले लाइभ कन्सर्ट दिनेछ ।
उक्त कार्यक्रममा लोकप्रिय व्यंग्यकार तथा अभिनेता सन्दीप क्षेत्रीको हास्यव्यंग्यात्मक प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिने एलओडीको योजना छ ।
समारोहमा दिया फायरले स्पेशल फायर शो प्रस्तुत गर्नेछिन् ।
परिवर्तनको ओपनिङ एक्ट अर्थात नाट्य प्रस्तुतिसंगै प्रारम्भ हुने एलओडीको दोस्रो वार्षिकोत्सवको उत्तरार्द्धमा आधा दर्जन बढी स्थापित डिजेहरुले डिजे सेसन सञ्चालन गर्नेछन् ।
FACEBOOK COMMENTS