काठमाडौं, फागुन ४ – एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर वसिङ मेसिन नेपाली बजारमा भित्रिएकाे छ । एलजी नेपालको सर्वाधिक तथा लोकप्रिय वासिड्ड मेसिन ब्रान्डको रुपमा स्थापित हुन सफल भइसकेकाे छ । जयसका केही मोडेलहरुमा ८ देखि १८ केजी सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० केजी. सम्मको लुगा शत प्रतिशत केही समयमै सुकाउने सुविधा रहेको छ ।
यस वसिङ मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिन्छ । साथै एलजी वासर ड्रायरको प्रयोगले सफा र चिटिक्क परेका लुगाहरु सिधै मेसिनबाट निकालेर लगाउन सकिन्छ ।यसले कपडाकाे तौलका साथसाथै कोमलता पत्ता लगाई कपडाको लागि आफैँ धुने तरिका निर्धारण गर्दछ जसले गर्दा कपडाको धुलाई राम्रो हुनुको साथै कपडालाई लामो समय सम्म बचाउँछ ।
यसका साथै यस वसिङ मेसिनले बिजुली, पानी र समयको पनि बचत गर्दछ । यसले कम तापक्रममा कपडा सुकाउने हुनाले नाजुक कपडालाई पनि उतिकै हेरचाह गर्दछ ।यस मेसिनमा १० वर्षको वारेन्टी रहेको छ । नेपालकाे लागि एलजीको अधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि जी इम्पेक्स रहेको छ ।
FACEBOOK COMMENTS