काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेर मात्रै बालुवाटार छाड्ने भएका छन् । यसका लागि पूर्वनिर्धारित स्थायी कमिटी बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
दिउँसो २ बजे ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए । यसअघि हिजो आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको थियो । तर सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओलीले सम्बोधन गरेर बालुवाटार छाड्न लागेका हुन् ।
FACEBOOK COMMENTS