काठमाण्डौ, मंसिर २८ – कञ्चनपुरका एक कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।
भिमदत्त नगरपालिका वडा नं. १५ कञ्चनपुरका ५४ वर्षीय पुरुषको गएराति साढे १२ बजे भेरी अस्पताल नेपागञ्जमा मृत्यु भएको हो।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएकै दिन उनलाई अस्पताल भर्ना गरिएको थियो।
उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
यो सँगै बाँकेमा बाहिरी जिल्लावाट उपचारका लागि लगिएका ६९ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
त्यस्तै कोरोनाबाट हालसम्म बाँके जिल्लाका ४१ जनाको मृत्यु भएको छ।
FACEBOOK COMMENTS