काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा बन्द भएको छ।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ५ अर्ब १३ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब २३ करोड रूपैयाँमा पुगेको छ। यसदिन ३२८ वटा धितोपत्रको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २१३ कम्पनीको सेयरमूल्य बढेको छ भने ४२ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।यसदिन साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४८३ रूपैयाँ १० पैसा कायम भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.३१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४७२ रूपैयाँ २० पैसा पुगेको छ।
यो समाचार पनि पढ्नुस्