ज्योति विकास बैंक लिमिटेडले कर्मचारी तथा श्रमिकहरुको श्रमको उचितकदर गर्दै उच्चप्रतिफल, नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ ।
वार्षिक ८% ब्याजदर दिने यस बचतखातामा निःशुल्क बिमाको ब्यवस्थाका साथै विदेशीमुद्रा सटहीमा विषेश छुट,भिष डेबिड कार्ड, स्मार्ट बैंकिङ, चेक बुक, इन्टरनेट बैंकिङ जस्ता सेवाहरु निःशुल्क गरेको छ ।
लकर सुविधामा र गुड फेर पेमेन्ट चेक जारी गर्दा पनि बिषेश छुट दिइएको छ । साथै स्थायी कर्मचारीहरुका लागि ज्योति प्रोफेशन्ल लोनको पनि व्यवस्था गरिएको छ ।
हाल बैंकले ६० वटा शाखाएवं २१ वटा एटिएम मार्फत सेवाउपलव्ध गराउँदै आएको छ । निकट भविष्यमानै बैंकको केही थप नयाँशाखाहरु संचालनमा ल्याउने लक्ष्य रहेको छ
FACEBOOK COMMENTS