काठमाडौं, चैत २३ – काठमाडौं उपत्यका कोरोना संक्रमित दर बढ्न थालेको छ । एकै दिन १ सय ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशैभर २ सय ६६ संक्रमित भेटिएका काठमाडौं उपत्यकामा मात्र १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौंमा ९८, भक्तपुरमा १३ र ललितपुरमा २६ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण भएको छ । गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS