काठमाण्डौं– काठमाण्डौं मलका व्यवसायीले सञ्चयकोषमा ज्ञापन पत्र सहित धर्ना दिएका छन् ।
सञ्चयकोषले आफुहरु संग कुरा गर्न नमाने पछि विरोध सहित ज्ञापन पत्र बुझाउनु परेको व्यवसायीले बताएका छन् ।
द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराको नेतृत्वमा सञ्चयकोष गएका व्यपारीलाई प्रशासक तुलसी गौतमले भेट्न नमाने पछि नारा लगाएका थिए ।
व्यपारीको चर्कोनारा बाजी पछि भेट्न तयार भएका प्रशासकले पदाधिकारीलाई वार्तामा बोलाएपछि व्यपारीले नारा लगाउन रोकेका थिए ।
आफ्नो लगानीको सुनश्चितको नारा लगाउँदै काठमाण्डौं मलका व्यापारी व्यानार सहित सञ्चयकोष भवन पुलचोक पुगेका थिए ।
व्यपारीहरुले ‘व्यवसायी माथिको दमन बन्द गर, व्यवसाय गरी खान देउ, व्यवसायीको लगानी सुनिश्चीत गर , वैज्ञानिक भाडादर कायम गर’ भन्दै नारा लगाएका थिए ।
द काठमाण्डौं व्यपार संघका अध्यक्ष सुषमा महराले १५ वर्षको योजना बनाएर आएका व्यवसायीलाई सञ्चयकोषले तेत्तीकै हटाउन नपाउने बताएकी छन् । उनले यदी व्यवसायीलाई हटाउने नै हो भने आफ्नो लगानी फिर्ता गर्न माग गरेकी छन् ।
व्यपारीहरुले सञ्चयकोष कै केहि कर्मचारी काठमाण्डौ मलको विषयमा चलखेल गरेको बताउँदै आफ्नो माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
व्यवसायीले काठमाण्डौं मल खाली गराउन लागेको हो की होईन ? काठमाण्डौं मलको बी ब्लक भत्काउने हो की होईन ? भन्ने प्रश्न गर्दै टहराका व्यवसायीलाई तत्काल नहटाउन आग्रह गरेका छन् ।
मलमा वैज्ञानिक भाडादर कायम गर्न भन्दै मलमा टेन्डर आव्हान गर्दा टहराका व्यपारीलाई पहिलो प्रथमिकता दिनु पर्ने आफ्नो माग रहेको व्यपारीले बताएका छन् ।
त्यस्तै काठमाण्डौ मलमा कुनै मलको जस्तो सुविधा नभएको भन्दै इलेक्ट्रिक भ¥याङ, लिफ्ट , सरसफाई लगाएतको व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् ।
छलफलमा सञ्चयकोषले आफ्नो बोर्ड बैठक बसी आइतबार कोषले के गर्छ भन्ने व्यवसायीलाई जानकारी गराउने बताएको छ ।
व्यवसायीले सञ्चयकोषलाई आइतबार सम्मको अल्टीमेटम दिएका छन् । आईतबार सम्म आफ्ना मागको विषयका कुनै राम्रो संकेत नदेखिए भोकहड्ताल सहितको विरोधका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
व्यपारीहरुको ४ अर्व लगानी भएको काठमाण्डौं मलमा झण्डै ३ सय व्यपारी रहेको द काठमाण्डौ व्यपार संघले जनाएको छ ।
FACEBOOK COMMENTS