काठमाण्डौ, साउन १४ – कुवेतले अगष्ट १ तारिकदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने भएको छ ।प्रारम्भिक चरणमा २० देशहरुमा औपचारिक रूपमा हवाई उडान सूचारु गर्न लागिएको कुवेत नागरिक उड्डयन निर्देशनालयले जनाएको छ । नागरिक उड्डयन निर्देशनालयका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित युएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया उडान गर्ने जनाएको छ ।
यसैगरी हर्जेगोविना, श्रीलंका, पाकिस्तान, इथियोपिया, संयुक्त अधिराज्य, टर्की, इरान, स्विजरल्याण्ड, जर्मनी, अजरबैजान, फिलिपिन्स र भारतमा उडान गर्ने कुवेतको हवाई परिवहन यातायात विभागका निर्देशक अब्दुल्लाह अल(राजीले जानकारी दिएका छन् ।
उनका अनुसार एयरलाइन्सहरुले समय तालिका र उडान समय चाँडै घोषणा गर्ने समेत जनाएका छन् । उडानमा गर्ने सबै यात्रुहरूलाई स्वास्थ्य प्रक्रिया र निर्देशनहरू पालना गर्न आह्वान गरिएको जनाएको छ ।
कुवेतमा कार्यरत नेपाली श्रमिकहरुले घर फिर्तीको लागि टिकट नपाएको तथा पाएपनि महँगोमा टिकट खरिद गर्नु परेको गुनासो गरिरहेको बेला कुवेत सरकारले पुनस् सूचारु गर्ने हवाई उडानले सयौँ नेपाली कामदारलाई स्वदेश फर्किनमा राहत पुग्ने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS