काठमाडौं, भदौ १० – उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यबारे पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियामा विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । पछिल्लो पटक उनी कोमामा गएको दाबीसहितको समाचार प्रकाशित भएको थियो ।
बीबीसीकाअनुसार यो हल्लाकाबीच किम जोङ पार्टीको बैठकमा सहभागी भएका छन् ।
राज्य सञ्चालित मिडियाका अनुसार मंगलबार आयोजना भएको पार्टीको पोलिटब्यूरो बैठकमा किमले चुरोट पिउँदै भने, ‘‘घातक भाइरस’ लाई देशमा प्रवेश गर्न नदिन राज्यको प्रयासमा केही कमीकमजोरीहरु थिए ।’
प्योङ्याङले पछिल्लो लामो समयदेखि आफ्नो देशमा एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ । यद्यपि, उत्तर कोरियाको यस्तो दाबीलाई धेरैले शंकाले दृष्टिले हेरिरहेका छन् ।
FACEBOOK COMMENTS