डिएन घिसिङ
विश्वव्यापी कोरोना महामारीले धेरै व्यक्तिको स्वास्थ्यलाई अभूतपूर्व तरिकामा मात्र असर गरिरहेको छैन । यसले सामाजिक र आर्थिक विकासलाई समेत नराम्ररी प्रभावित बनाएको छ।महामारीले व्यक्तिगत र सामाजिक कार्यमा समेत नकारात्मक प्रभावहरू परेका छ्न।बिशेष गरि कोरोना महामारीको उदगम र बढी प्रभावित समाजलाई हेर्ने मनोवैज्ञानिक दृष्टिकोण समेत फरक रहेको अमेरिकाको न्युयोर्कमा अवस्थित न्युयोर्क युनिवर्सिटीको मनोविज्ञान र तंत्रिका विज्ञान विभागको सोधले पुष्टि गरेको छ।
महामारीको समयमा सामाजिक ध्रुविकरणको समस्याले उब्जने खतरा र उपयुक्त कार्यहरूको बारेमा उक्त सोधले केही निष्कर्ष निकालेको छ । महामारीमा स्वास्थ्यमा गम्भिर प्रभाव देखिने, व्यक्तिको मनोवैज्ञानिक गम्भीर खतरा उत्पन्न गर्ने र महत्वपूर्ण व्यवहारमा परिवर्तनहरु देखा पर्ने उल्लेख गरेको छ ।
कोभिड १९कोरोना भाइरसको उत्पत्ति चीनको वुहान र प्रभावित स्थानका समुदायलाई हेर्ने दृष्टिकोण समेत समाजमा फरक रहेको जनाईउको छ ।उक्त सोधमा यस अघिका अन्य महामारीमा समेत उस्तै नियती बेहर्नु परेको उल्लेख गरिएको छ।महामारी प्रतिक्रिया समर्थन गर्न सामाजिक र व्यवहार विज्ञान प्रयोग गर्दै आलेखमा लेखक ज्यान भ्या बाबेल अगाडि लेख्छन ‘महामारीलाई निर्मुल पार्ने औषधी वा भ्याक्सिन आविस्कार नहुन्जेल सामाजिक र व्यवहारिक विज्ञानले महामारीको प्रभावहरू प्रबन्ध गर्न मूल्यवान अन्र्तदृष्टि प्रदान गर्न सघाउ पुर्याई राखेको हुन्छ।
“महामारीले मनोवैज्ञानिक स्थितिमा परिवर्तन ल्याउनुको साथै राज्यको चिन्तन, व्यक्तिगत उदासीनता र सामाजिक मनोवैज्ञानिक विकृति समेत देखा पर्ने विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छन । ”
महामारीले मनोवैज्ञानिक स्थितिमा परिवर्तन ल्याउनुको साथै राज्यको चिन्तन, व्यक्तिगत उदासीनता र सामाजिक मनोवैज्ञानिक विकृति समेत देखा पर्ने विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छन । विज्ञान, अविष्कार ईन्जिनियरिङ र चिकित्सा क्षेत्रमा अनुसन्धान गर्ने बायो मेडिकल सेन्ट्रलको समीक्षा दस्ताबेजहरुमा समेत महामारी पछिको सामाजिक मनोवैज्ञानिक फरक हुने तर्क पेश गरिएको छ।
प्रत्येक महामारी र प्रकोप पछि हाम्रो सामाजिक मान्यता र व्यवहार परिवर्तन हुने कुरामा जोड दिदै वासिङ्टन निवासी लेखिका लिण्डा पोन अगाडी लेख्छिन ‘कोरोना भाइरसले हाम्रो सामाजिक मान्यता र सम्बन्धहरूलाई के कसरी प्रभाव गर्दछ भन्ने अनुहारमा भएको मास्कले पनि झल्काउछ, त्यो भन्दा पनि परिवर्तनको अर्को पक्ष सामाजिक जीवनयापन हो।’ उनी अगाडी लेख्छिन ‘आम मानिसलाई अनुहार छुनको लागि डर उत्पन्न हुन सक्छ।भीडहरु देखेर मानिस त्रसित भएका छ्न। व्यक्तिहरूको लागि सामाजिक दूरी मापदण्डमा विश्वास गरेका छ्न। अझै, विगतका महामारी, प्रकोपहरू र सामाजिक घटनाहरूले यी अवरोधहरूलाई अब सहज बनाउने धारणाका साथ आममानिसले सोच बदलेका छन ।’
“आम मानिसलाई अनुहार छुनको लागि डर उत्पन्न हुन सक्छ।भीडहरु देखेर मानिस त्रसित भएका छ्न। व्यक्तिहरूको लागि सामाजिक दूरी मापदण्डमा विश्वास गरेका छ्न।”
सामाजिक मनोविज्ञानमा महामारीको प्रभावले व्यक्तिगत जीवनमा मात्रै हैन सिंगो समाजमा नै परिवर्तन हुने गर्दछ।जसले गर्दा महामारीको बोझ कम गर्न मद्दत पुग्छ ।स्वास्थ्य सवालमा सामाजिक निर्धारणले संक्रामक रोगहरूको प्रतिरोध गर्ने हिसाबले सामाजिक परिस्थितिको सिर्जना गर्छ । फलत नयाँ समाज निर्माणमा यसले मद्दत पुर्याउछ ।
FACEBOOK COMMENTS