काठमाडौं, वैशाख ३० – कोरोना भाइरसको संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको मृत्यु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत गैरेको आज बिहीबार बेलुका मृत्यु भएको हो ।
५६ वर्षीय अध्यक्ष गैरेलाई ९ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि बुधबार रातिबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित गैरे निर्वाचनमार्फत डेढ वर्षअघि संघको नेतृत्वमामा आएका थिए ।
FACEBOOK COMMENTS