उनी पनि माछापालनमा होमिएका छन् । उनले आफ्नै घरमा तीनवटा माछा पोखरी बनाएर माछापालन सुरु गरेका हुन् । एउटै पोखरीबाट एकपटकमा ९० किलो माछा निकालेर बिक्री गरेको अनुभव सुनाए । माछापालनबाट राम्रो आम्दानी हुने भएपछि यहाँका १३ जना युवाहरूले एलेलेमा पौरखी माछापालन कृषक समूह स्थापना गरेर एक वर्षदेखि व्यावसायिक माछापालन सुरु गरेका छन् । उनीहरूले पालेको माछा बेच्ने बेला भएको छ । एउटै माछा करिब एक केजीको हाराहारीको भएको माछापालन समूहका सचिव सन्तराज राईले बताए । उनीहरूले सप्तरीको फत्तेपुर मत्स्य विकास केन्द्रबाट माछाको भुरा ल्याएर पाल्न सुरु गरेका हुन् । उक्त ठाउँबाट ७० हजार भुरा ल्याएर व्यावसायिक माछापालन सुरु गरेको राईले सुनाए ।
रतन्छामा लामो समयदेखि माछापालनप्रति जाँगर देखिएपछि गत वर्ष साकेला गाउँपालिकाले २ लाख ५० हजार माछाका भुरा ल्याएर वितरण गरेको गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले सुनाए । ‘रतन्छाका घरपिच्छेले माछा उत्पादनबाट मनग्गे आम्दानी गरेपछि उनीहरूको जाँगरको कदर गर्दै भुरा वितरण गरिएको हो,’ अध्यक्ष खड्काले भने, ‘श्रमको सम्मानस्वरूप भुरा वितरण गरिएको हो ।
FACEBOOK COMMENTS