झापा -लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको बताए । सरकारको अनुमतिपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई राजधानी काठमाडौं आउने भएका छन् ।
लकडाउन शुरु भएदेखि झापामा बस्दै आएका पूर्वराजाले राजधानी काठमाडौं आउन गृहमन्त्रालयसँग सवारी पास मागेका थिए । तर गृहमन्त्रालयले उनीहरुलाई काठमाडौं आउन पास दिएको थिएन । बिहीबार पूर्वराजाका नाममा सवारी पास जारी गरिएको थियो । तर जारी भएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले पास रद्ध गरेका थिए । बिहीबार राति फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको छ । पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँतर्फ लागेका छन् । उनलाई पास नदिएकाे भन्दै सामाजिक संजालमा चाैतर्फी बिराेध भएकाे थियाे ।
FACEBOOK COMMENTS