काठमाण्डौँ — जनकपुरदेखि भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ ।
नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले बिहीबार २९ किमि लिकको सफल यात्रा गरे ।
रेल विभागका डाइरेक्टर जनरल (डीजी) बलराम मिश्र तथा भारतीय राजदूत मञ्जिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणाधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका थिए ।
जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति परियोजना भारत सरकारको सहयोगमा अघि बढाइएको हो ।
रेलको लिक तथा पुलपुलेसाको गुणस्तर जाँच्न भारतबाट निर्माण सामग्रीसहितको मालगाडी नियमित नेपाल आउने गरेको छ ।
भारतीय निर्माण कम्पनी इरकोनका साइट प्रमुख रवि सहायले रेलवे संरचना तथा यात्रीको सुरक्षा जाँच गर्न मालगाडी चलाइएको बताए ।
१० अर्ब रुपैयाँभन्दा बढीको यो परियोजना आगामी मंसिरसम्म सम्पन्न हुनेमा दुवै देशका प्राविधिक विश्वस्त देखिएका छन् ।
पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था ९३५ किमि० मा रेल कुदाउने तयारी छ ।
दोस्रो चरणमा कुर्था–भंगहा (१७ किमि) र तेस्रोमा भंगहा–बर्दिबास (१७ किमि) गरी ६९ किमि रेलवे विस्तार तथा स्तरोन्नतिको योजना छ ।
यी सबै काम तीन वर्षमा पूरा हुने रेलवे कम्पनीका इन्जिनियर विनोद ओझाले दाबी गरे ।
— कान्तिपुर
FACEBOOK COMMENTS