काठमाण्डौं — जनता बैंक नेपाल लिमिटेड ९ वर्ष पुरा गरि १०औं वर्षमा प्रवेश गरेको छ ।
बैंकले यस यात्रामा निरन्तर साथ दिएका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको छ ।
बैंकको हाल १२८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङ्गबाट कारोबार गर्दै रु. ७०.९४ अर्ब निक्षेप संकलन र रु. ६५.६९ अर्ब कर्जा लगानी गरेको छ ।
१०औं वर्ष प्रवेशको अवसरमा प्रभातफेरी सम्पन्न गरिएको छ ।
देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गर्दै नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ ।
यसै लक्ष्यलाई अवलम्बन गर्दै १०औं बर्ष प्रवेशको अवसरमा कुन्तावेशी शाखा, काभे्रपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरियो ।
FACEBOOK COMMENTS