काठमाडौं, फागुन २८ – यातायात व्यवस्थापन विभागले टुटल र पठाओ सेवामाथी फेरी प्रतिबन्ध लगाएको छ । विभागले मंगलवार राती सूचना प्रकाशन गर्दै विभिन्न प्रयोजनको लागि दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएसंगै टुटल र पठाओ सेवामाथी पुन प्रतिबन्ध लागेको हो ।
विभागले गत मंसिर ३ गते पनि सार्वजनिक सूचना निकालेर टुटल तथा पठाओका सेवाहरु रोक्न निर्देशन दिएको थियो । ट्याक्सी भन्दा सस्तो र सार्वजनिक सवारी साधन भन्दा छिटो एवं सहज भएकाले पछिल्लो समय टुटल तथा पठाओका सेवाहरु लोकप्रिय बनिरहेका छन् । तर सरकारले रातो नम्बर प्लेटका निजी सवारी साधनले भाडाका यात्रु बोक्न नपाउने व्यवस्थामा टेकेर टुटल तथा पठाओमाथी प्रतिबन्ध लगाएको बताउँदै आएको छ ।
सूचनालाई बेवास्ता गर्दै कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने समेत विभागले स्पष्ट पारेको छ । यसअघि पनि र्दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै विवाद आएको थियो ।
FACEBOOK COMMENTS