एट्लान्टीक टेक्सटाइलको नामले २५ वर्ष देखी उत्पादन गर्दै लोकल बजारमा ठुलो टेवा पुर्याएका छौ । नेपालको लागि नै सटिङ सुटिङ , कपडा लगाएतका सामग्री बनाएर बेचिरहेका छौ । अहिले हाम्रो ध्यान सोफा कपडा तिर बढी लगाएका छौ । हामिले जकाड मेसिन नेपालमा पहिलो पटक ल्याएर त्यो काम शुरु गरेका थियौ । हामीले अहिले जुन कपडा बनाएका छौ त्यो एकदमै स्ट्यानडर्ड खालको बनाएका छौ ।
हामीले जति सुकै स्टान्डर्ड बनाएपनि हामी आन्तरीक बजारमा मात्र आफ्नो व्यपार विस्तार गर्न सक्छौ । नेपालबाट अरु देशमा बिक्रि गर्नको लागि हाम्रो प्रोडक्सन कष्ट हाई छ । हाम्रै नजिकको राष्ट्र भारत संग प्रतिस्प्रर्धा गर्न सक्दैनौ । हामीलाई चाहिने कच्चा कपडा विदेश बाटै आएत गर्नु पर्छ । त्यसकारण पनि हामी विदेशमा निर्यात गर्न सक्दैनौ ।
भारतलगाएत अरु देशबाट पनि यो समान आयात भएको छ । तै पनि हामी नेपालको बजारमा ४० प्रतिशत ओगटेका छौ । तर पनि हामीलाई बजारमा प्रतिस्पर्धा गर्न गाह्रो परिरहेको छ । अहिले जुन भारतबाट कपडा आएको छ त्यसमा राम्रो संग भ्यालुएसन नहुँदा हामी समस्यामा परेका छौ । थुप्रै व्यवसायीले प्रविधिकरुपमा भन्सार छलेर समान भित्राइरहेका छन् । जसले गर्दा हामी अप्ठारोमा परेका छौ । हरेक देशमा कपठा स्काएर फिटमा वा स्काएर मिटरमा भेलुएसन हुन्छ तर यहाँ चौडाईको कुनै पावन्दी छैन । हाम्रो जति इन्चीको कपडा लिए पनि एउटै रेट पर्ने भएकाले हामी व्यवसायी मर्कामा परेका छौ । यसबारे हामीले सरकारलाई धेरै नै भन्यौ तर सरकारले यसमा ध्यान नै दिएन ।
४÷५ वर्ष देखी सरकारले अत्यावश्यक कुरामा भ्याट फिर्ता दिने नीति ल्याएको थियो। तर यसपालीको बजेटले यो व्यवस्था हटाएको छ । त्यो बाहेक हामीले एक्सट्र भ्याट पनि तिरिरहेका छौ । हामिहरुका मुख्यसमस्या भनेको महङ्गो कपडालाई सस्तो भनी भित्राउने जुनकाम भैरहेको छ । यसलाई तत्काल रोक्नु पर्छ । भन्सार पास गर्दा इन्चअनुसारको भ्यालुएसन हुनु पर्छ । सिमा क्षेत्रमा जुन चोरी पैठारीको समस्या छ त्यसतर्फ सरकारले अलि बढी ध्यान दिनु पर्यो । सरकारले अहिले टेक्स टायल सम्बन्धी व्यवस्थाले उद्योग नै धरासायीहुने खतरा भएको छ । यो वर्ष बाट पोडक्सन कस्टममा १५ प्रतिशतले बढेको छ । यसले मानिसहरु नेपालमा उद्योग खोल्न होइन बन्द गर्न प्रेरेरित गर्छ ।
प्रकाश मरु टेक्सटायल उद्योगी हुन् ।
FACEBOOK COMMENTS