काठमाण्डौँ — नेपाल विद्युत प्रधिकरणबाट विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारि गरिएको विलबाट उद्योग व्यवसाय संचालनमा ठूलो समस्या पर्न गएको भन्ने गुनासो प्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्युत संकलन विनियमावली २०७३ अनुसार २० घण्टा वा सो भन्दा बढी समय ट्रङ्क प्रसारणबाट डेडिकेटेड सरहको प्रसारण सुविधा लिनका लागि छुट्टै सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ ।
सम्झौता विना विद्युत सेवा प्रवाह नै नगरि प्राधिकरणबाट एकै प्रकृतिको विद्युत सेवा लिनेहरूलाई फरक फरक दरमा महशुल असुल गरिंदा उद्योगी व्यवसायीको संविधानप्रदत्त हक समेत हनन हुन जाने भएकाले अविलम्व थप विलिङ नगर्न÷नगराउन महासंघले अनुरोध गरेको छ ।
साथै वील जारी भैसकेको भए कार्यान्वयन नगराउन समेत महासंघ माग गरेको छ ।
FACEBOOK COMMENTS