काठमाडौं, बैशाख ११- उपत्यकाको सबै भन्दा ठूलो फलफुल तथा तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा फलफूल तथा तरकारीको मुल्यमा आधा गिरावट आएको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार लकडाउन यता तरकारीको मूल्य ५० प्रतिशतभन्दा बढी घटेको छ ।
आधाभन्दा बढीमूल्य घटेको तरकारीमा लौका, फर्सी, भिण्डी, काँक्रो, बरेला, ब्रोकाउली, हरियो खुर्सानी, गोलभेँडा, प्याज, गाजर, काउली, बन्दा, भन्टा, मटरकोशा, घिउसिमी, तिते करेला, लगायत रहेको छ ।
कालीमाटी तरकारी बजारको मूल्य सुची अनुसार बिहिबार गोलभेडा सानो प्रतिकेजी २० रुपैयाँ रहेको छ भने भारतीय गोलभेडा २५ रहेको छ ।
आलु ३३ , प्याज सुकेको ३२, गाजर लोकल ३०, तराई २० रुपैयाँमा किनबेच भैरहेको छ । त्यस्तै २० देखि २५ सम्म, काउली स्थानीय २५, ज्यापु २० रुपैयाँ रहेको छ ।
बोडी ३० , मटरकोसा ३५, सिमी, ३०, तितेकरेला ६० रुपैया रहेको छ ।
कालिमाटी बजारका अनुसार तितेकरेलाको मूल्यमा ५५ रुपैयाँ घटेको छ । चैत्र १ गते तितेकरेला १ सय १५ रुपैयाँ थियो भने हाल ६० रुपैयाँमा झरेको छ ।
काउलीमा ८ रुपैयाँ मूल्य घटेको छ । कालिमाटी बजारमा काउली चैत्र १ गतेसम्म ३३ देखि २८ रुपैयाँसम्ममा विक्री भइरहेको थियो ।
हाल कालिमाटी काउली २५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।
भिण्डीमा ३३ रुपैयाँ मूल्य घटेको छ । ९८ रुपैयाँ प्रतिकेजी विक्री हुने गरेको भिण्डी ६५ रुपैयाँमा होलसेल मूल्यमा विक्री हुन थालेको हो ।
बरेला ६२ रुपैयाँबाट ३८ रुपैयाँमा झरेको छ । बरेलामा २४ रुपैयाँ मूल्य घटेको हो ।
FACEBOOK COMMENTS