काठमाडौँ — माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा हाइड्रो मेकानिकल कामको जिम्मेवारी पाएको भारतीय कम्पनी टेक्सम्याको रेलवे इन्जिनियरिङले आफ्नो केही कामको जिम्मा अर्को कम्पनीलाई दिन सहमत भएको छ ।
भारतीय कम्पनीले आफूले जिम्मा पाएको कामको केही भाग अस्ट्रेलियाको एन्ड्रिज हाइड्रोलाई दिन सहमत भएको आयोजनाले जनाएको छ ।
एन्ड्रिजले माथिल्लो तामाकोसीको इलेक्ट्रोमेकानिकल कामको जिम्मेवारी पाएको छ ।
भारतीय कम्पनीले काममा ढिलाइ गरेको भन्दै ऊर्जा मन्त्रालयले केही साता अघि कम्पनीसँग ठेक्का तोड्ने चेतावनी दिएको थियो ।
मन्त्रालय र आयोजनाको दबाबपछि भारतीय कम्पनी आफ्नो केही कामको जिम्मा अस्ट्रियन कम्पनीलाई दिन सहमत भएको छ ।
आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार टेक्सम्याको आयोजनामा पेनस्टकल पाइप राख्ने कामको मुख्य जिम्मेवारी एन्ड्रिजलाई दिन सैद्धान्तिक रूपमा सहमत भएको छ ।
पुस २३ गतेभित्र आफ्नोमुख्य कामको जिम्मा एन्ड्रिजलाई दिने गरी सम्झौता गर्न टेक्सम्याको सहमत भएको उनले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS