काठमाण्डौँ — यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् ।
मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिए ।
उनले आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको बताए ।
भारत सरकारबाट रेलको स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताए ।
रेल खरिद प्रक्रिया नेपाल–भारत सरकारबीच हुनेछ ।
केही दिनभित्रै सम्पूर्ण जानकारी सार्वजनिक गरिने महासेठले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS