काठमाडौं,माघ १९- हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।
शुक्रवार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गएको पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
शुक्रवार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आइतबार ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।
आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
FACEBOOK COMMENTS