काठमाण्डौँ — दाङको हापुरेमा १३२ केभी प्रसारण लाइनको सब स्टेशन सञ्चालनमा आएको छ।
अत्तरिया स्टेशनबाट कुसुम–हापुर १३२ केभी प्रसारण लाइन आयोजनाको हापुरे सब स्टेशन सञ्चालनमा आएको हो।
हापुरे सब(स्टेशन १३२ केभी प्रसारण लाइनको बिहीबार उर्जामन्त्री वर्षमान पुनले उद्घाटन गरे।
दाङमा पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि दाङको विद्युत समस्यामा सुधार हुने र गुणस्तरीय विद्युत आपूर्ति हुने विश्वास गरिएको छ।
१० वर्ष अघि निर्माण सुरु भएको कुसुम हापुरे प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न हुँदै विद्युत आपूर्ति समेत सुरु भए पछि दाङको तुलसीपुर पश्चिम क्षेत्रका ३८ हजार उपभोक्ताहरू पूर्ण रुपमा लाभाम्वित हुने छन् ।
— नागरीक
FACEBOOK COMMENTS