काठमाण्डौँ — रसुवामा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेको छ।
२०७० सम्ममा २७ मेगावाट विद्युत् उत्पादन भएको थियो।
दुईवटा आयोजना सञ्चालनमा आएपछि अहिले १३ वटा आयोजना निर्माण भइरहेका छन्।
यी आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
१३ वटै आयोजना निर्माण सम्पन्न भएमा सात सय ४५ मेगावाट विद्युत् उत्पादन हुने छ।

नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए र ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री बी आयोजना निर्माण गर्दै छ।

बाँकी ११ वटा आयोजना निजी क्षेत्रबाट निर्माण हुँदै छन्।

यी आयोजना २०८० चैतअघि नै सञ्चालनमा आउने छन्।
— नागरीक