काठमाण्डौँ — सौर्य एयरलाइन्स ६२ करोड रुपैयाँमा बिक्री भएको छ।
विमानस्थल प्रयोगबापतको शुल्क नतिरेपछि ग्राउन्डेड गरिएको एयरलाइन्स बिक्री गरीएको हो ।
गत पुस २० देखि उडान बन्द भएको सौर्य एयरलाइन्स भारतीय कुबेर समूहको क्लव वान कम्पनीले किनेको हो।
एयरलाइन्सले यसअघि चीनको एक कम्पनीसँग बिक्री प्रक्रिया अघि बढाएको थियो।
उक्त कम्पनीसँग कुरा नमिलेपछि भारतीय कम्पनीलाई ६२ करोड रुपैयाँमा कम्पनीको पूर्ण स्वामित्व बिक्री गरिएको हो।

भारतीय कम्पनीले नेपाली व्यवसायीसँग साझेदारीमा कम्पनी खरिद गरेको सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिएका छन्।

— नागरीक