काठमाडौं, १६ वैशाख – दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उनलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।
सपथ ग्रहणका लागि प्रदेश नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले केहीबेर सञ्चारकर्मीहरुसँग कुरा गरे । युवा तथा खेलकुद किन रोज्नुभयो भन्ने प्रश्नमा उनले भने, युथका लागि बिजनेस प्लान छ । स्पोर्टस्मा त हामीसँग टिम राम्रो छ ।’त्यसो भए कार्ययोजना अहिले नै तयार नै छ भन्ने प्रश्नमा उनले अघि भने, ‘धेरै गर्नुपर्ने देश होइन, ४/५ वटा काम प्रभावकारी ढंगले गर्यो भने पुग्छ ।’केके छन् भन्ने खुलाउन चाहेनन् । तर आफूले पहिल्यै काम गरेकाले ‘नलेज’ पनि रहेको बताए ।
मन्त्री तपाईंले माग्नु भएको कि मुख्यमन्त्रीले अफर गरेको भन्ने प्रश्नमा उनले भने, ‘काम गर्ने वातावरण बन्यो भने गर्नुभन्नुभयो, मैले हुन्छ भनें ।’सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद बनाइएको छ । धेरैवटा विभागलाई एउटै मन्त्रालयमा राख्नुहुन्न भन्नेमा आफ्नो र मुख्यमन्त्रीको मत मिलेको उनले सुनाए । तर आफ्नो मन्त्रालय कुन भवनमा हुन्छ भन्ने थाहा नभएको भन्दै उनले भने, ‘दौरा सुरुवाल किन्न जाउँ भन्नुभयो, किन्न गएँ ।’
नयाँ हो भन्ने प्रश्नमा उनले मुन्टो हल्लाए ।मन्त्री बन्दा कस्तो अनुभूति हुन्छ भन्ने प्रश्नमा मनाङ्गेले भने, ‘अलिअलि निद्रा चाहिं लागिरहेको छ मलार्ई । सुत्न पाएको थिएन क्या ।’
FACEBOOK COMMENTS