काठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्ने टाँगिया वस्ती ६ महिना भित्र सार्ने बताइएको छ ।
विमानस्थल आयोजना प्रमुख ओमनारायण शर्माले आवश्यक जग्गा भेटिएकाले ६ महिनाभित्र टाँगिया वस्ती स्थानान्तरण गरिसकिने भएको छ ।
विमानस्थल परिसरमा रहेको टाँगिया वस्ती स्थान्तरणका लागि सिमरा र कोल्बीमा रहेको सरकारी जग्गा छनोट गरिसकेको छ।
विमानस्थलको मध्यभागमा अवस्थित टाँगिया वस्ती स्थान्तरण गरिएपछि निर्माण कार्य अघि बढ्ने विमानस्थलका आयोजना प्रमुख शर्माले बताए।
उनका अनुसार स्थानीय वासी र नगरपालिका त्यो क्षेत्रमा स्थानान्तरण गर्न सकारात्मक छन्। टाँगिया वस्ती वरपर रुख भन्दा बढी साना वुट्यान भएकाले कम रुख काटेपनि हुने उनले बताए।
टाँगियावस्तीमा १ हजार ४ सय ७६ घरघुरी छन्। तामाङ, मगर, बाहुन, दमाई, कामी, माझी, कोइरी तथा जनजाति गरी १ हजार ४ सय ७६ घरधुरी छ।
टाँगिया वस्तीको बीचमै धावनमार्ग निर्माण हुने भएकाले अन्यत्र सार्नुपर्ने अवस्था आएको हो।
FACEBOOK COMMENTS