काठमाडौं, मंसिर २१ – १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई हराएको छ। नेपालले माल्दिभ्सलाई २-१ अन्तरले हराएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका तर्फबाट अभिषेक रिजाल र अन्नत तामाङले गोल गरेका हुन्।
पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । तर खेलको ४३ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै बराबरी गरे ।
पहिलो हाफमा बराबरीमा रहेको अवस्थामा नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै १ गोल थपेको हो । खेलको ५२औँ मिनेटमा नेपालका लागि अनन्त तामाङले हेडमार्फत गोल गरेर नेपालको जित सुनिश्चित गरेका हुन् ।
नेपाल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेल बंगलादेशसँग खेल्ने छ।
FACEBOOK COMMENTS